२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

संसद भंग गर्दा मुलुक संवैधानिक संकटमा : नेता गिरी

नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले मुलुक अहिले संवैधानिक संकटमा परेको बताएका छन् । संविधानको मर्म विपरित संसद भंग गर्दा देश अस्थिरता तर्फ धकेलिएको बताउँदै पुर्व मन्त्री समेत रहेका गिरीले असंवैधानिक कदमप्रति आफुहरुको घोर आपत्ती रहेको बताएका छन् ।

मानव अधिकार तथा शान्ती समाज दाङ शाखाको आज तुलसीपुरमा भएको साधारण सभा तथा अधिशेसनलाई उद्घाटन गदै उनले यस्तो बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असवैधानिक कदमको विरोध गदै उनले उक्त मुद्धा अहिले अदालतमा विचाराधिन भएकाले न्यायलयको फैसला नै निर्णायक हुने उनको भनाई थियो ।

शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले अहिलेको सविधानले दुई वर्ष सम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने र मध्यावधी निर्वाचनको अधिकार प्रत्याभुती नगरेको दावी गरे । साथै उनले कम्युनिष्ट सरकारले सर्वहारा बर्ग र समुदायको लागी केहि गर्न नसकेको टिप्पनी गरेका थिए । सर्वहारा वर्गको नारा दिएर कम्युनिष्ट नेताहरु भ्रष्टाचार र व्यक्तिगत स्वार्थमा बढि उन्मुख भएको उनको आरोप छ ।