२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

ओलीको असंवैधानिक कदमविरुद्ध कांग्रेसको विरोध प्रदर्शन सम्पन्न

कम्युनिष्ट सरकार ज्याजदी र असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेसले दाङमा विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

दाङका १० वटै स्थानिय तहमा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेस दाङले जनाएको छ । हजारौँ नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको साथ सहित विरोध प्रदर्शन गरिएको थियो । विरोध सभामा बोल्ने नेपाली कांग्रेसका नेताहरुले केपी ओलीको कम्युनिष्ट सरकारले संसद विघटन गरेर जनताको भावना विपरित काम गरेको बताएका छन् ।

पश्चिमदाङको बबईमा भएको विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री दिपक गिरीले कम्युनिष्ट सरकारले देशमा विकास भन्दा भष्ट्रचार फैलाएको आरोप लगाए । नेपाली कांग्रेस बबईका सभापती बल बहादुर बुढाको सभापतीत्वमा भएको विरोध सभामा बोल्दै पूर्व मन्त्री गिरीले जनताले कम्युनिष्टलाई ५ बर्ष सम्म देश सञ्चालनका लागि बहुमत दिएपनि कुर्सीको विवादका कारण देशलाई अन्यौलमा पार्ने काम गरेको  बताए ।‘देशप्रेमी जनताले कुन पार्टि राष्ट्रबादी र विकास प्रेमी हो भनी चिन्ने दिन आएको छ’, पूर्व मन्त्री गिरीले भने, ‘कम्युनिष्टले काम भन्दा गफ धेरै गर्छन्, नेपाली कांग्रेस काम गरेर देखाउछ ।’

विरोध सभामा नेपाली कांग्रेसका नेताहरु केशवराज आचार्य, खिमप्रसाद खराल, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिं डाँगी लगायतले बोलेका थिए ।

नेपाली कांग्रेस बबईका उपभापती पिम लाल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिरकण सचवि गनेश केसीले गरेका थिए ।