२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

मानव अधिकार तथा शान्ति समाज दाङको सभापतीमा सुनार

मानव अधिकार तथा शान्ति समाज दाङको सभापतीमा तुलसीराम सुनार चयन भएका छन् ।

समाजको २३ औ अधिबेशनबाट सुनार सभापतीमा चयन भएका हुन । जसको उपसभापतीमा नबिनकुमार पोख्रेल, सचिबमा निर्मला डाँगी योगी, कोषाध्यक्षमा कोमल डाँगी, सहसचिवमा उषा गौतम चयन भएका छन् । यस्तै सदस्यहरुमा माधब बस्नेत, तिलसरा पुन, भिमलाल मरासिनी, सुशीला चौधरी, सन्दिपन रिजाल, हेमेन्द्र खडका रहेका छन् ।

नवनिर्बाचित कार्य समितिले ४ जनालाई मनोनित गरेको छ । जस्मा निर्मल खड्का, देबेन्द्र केसी, रजनी शाह र
यज्ञ बिक रहेका छन् ।

शाखा सभापति शरद रेग्मीको अध्यक्षतामा भएको अधिबेशनमा केन्द्रीय महासचिव सुशिल बस्नेत केन्द्रीय प्रतिनिधि खटिएका थिए भने निर्वाचन समितिमा वरिष्ठ अधिबक्ता डिल्ली राज धिताल, मोहन धिताल र निर्मल नेपाली रहेका थिए ।