२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

ओलीले नेकपालाई भर्‍याङ मात्रै बनाए : नेता झलनाथ खनाल

नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई भर्‍याङ मात्रै बनाएको बताएका छन्। प्रचण्ड माधव पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को उपत्यकास्तरीय भेलामा उपस्थित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘केपी ओली नेतृत्वको सरकारले समाजवादको लक्ष्य लिन्छ भन्ने आशा थियो। तर, ओलीले प्रधानमन्त्री भएपछि पार्टीलाई बिर्से नेकपालाई भर्‍याङ मात्रै बनाए’ उनले भने, ‘उनी दक्षिणापन्थी अवसरवादीका निम्ति लागगिरहे।’

देशको अर्थतन्त्रलाई विकास गर्नका लागि नभएर मनपरी ढंगले बजेट बाँडेको आरोप लगाए। ‘हामीले पटक-पटक ओलीको कदम सच्चाउनका लागि पहल गरेका थियौँ। तर, उहाँ बैठकमा नै आउनु छाड्नुभयो बैठक नै राख्नुभएन’ उनले भने, ‘ओलीले  आफूले नै प्रथम अध्यक्ष भएको दाबी गरे। कसैले उनलाई प्रथम अध्यक्ष भनेको छैन।’