२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

मेयर कप फुटबल प्रतियोगिता सुरु

घोराहीमा मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । कोरोना महामारीका कारण रोकिएको खेलकुद गतिविधिलाई चलायमान बनाउन र खेलाडीलाई प्रोत्साहका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले गर्नुभएको हो । प्रदेश सदस्य डाँगीले मेयरकप फुटवल प्रतियोगिताको चौथो संस्करण तथा दोश्रो उपमेयर कप छात्रा भलिवल भलिवल प्रतियोगिताको दोश्रो सस्करणको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्विनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले व्यक्तिगत स्वास्थ्यसँगै युवाहरुको भावनात्मक एकता विकासका लागि खेलकुद प्रतियोगिताको गर्नुपर्नेमा जोड दिनुभयो । खेलकुदले युवाहरुलाई रचनात्मक विकासका लागि सहयोग पु¥याउने बताउँदै उहाँले देशको गणनाका रुपमा रहेको खेलकुदले व्यक्तिगत स्वास्थ्यका समेत समेत उत्तिकै सहयोग पुग्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिष्णुमणि दाहाल, नेपाल पत्रकार महासघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, पद्मोदय पब्लिक नमूना माध्यामिक बिद्यालय भरतपुरका प्रअ रामप्रसाद जैसीलगायतले व्यक्तिगत स्वास्थ्यसँगै अनुशासित समाचज बनाउनका लागि खेलक्षेत्रको विकास हुन आवश्यक रहेकोमा जोड दिनुभयो ।