२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत, अवस्था गम्भीर

सांकेतिक तस्वीर ।

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।

तिलोत्तमा नगरपालिका १५ कोटिहवाकी बालिका पसल जाने क्रममा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका १२ घर भई हाल तिलोत्तमा नगरपालिका १३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर बिकलाई पक्राउ गरेको छ।

गत माघ १ गते साँझ ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुकी करिब ७ः४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको साथमा र परिवार र स्थानीयले खोजी गर्दै गर्दा बालिकालाई उनको घरदेखि केही पर खेतनजिकै खोल्सामा गम्भीर अवस्थामा फेला पारेको थियो भने आरोपित बिकलाई घटनास्थलबाटै पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रवीण पोखरेलले बालिका हराएको सूचना आएलगत्तै खोजी गर्दै जाँदा बालिकालाई खोल्सामा अचेत अवस्थामा फेला पारेको र बलात्कारमा संलग्न बिकलाई पनि घटनास्थलबाटै पक्राउ गरिएको जानकारी दिए।

बलात्कार आरोपी विकमाथि अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

-सेतोपाटीबाट