नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का उपसभापती तथा पश्चिम दाङका युवा नेता प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा खेलकुद सामाग्री प्रदान गरेका छन् । युवा नेता बस्नेतले शान्तिनगरका २ विद्यालयमा खेलकुद सामाग्री प्रदान हुन् ।
शान्तिनगरको मावि धनौरा र मावि तुलसीपुरमा खेलकुदका सामाग्री भलिबल तथा नेट प्रदान गरेका हुन् । जन्मदिनमा फजुल खर्च गर्नु विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा रुची बढोस भन्ने उद्येश्यले विद्यालयमा खेलकुदका सामाग्री प्रदान गरेको युवा नेता बस्नेतले बताए ।
खेलकुद सामाग्रीको अभावका कारण विद्यार्थीको खेलकुद प्रति रुचि पुरा नहुने भएकाले विद्यालयलाई थोरै भएपनि खेलकुद सामाग्री सहयोग गरेको नेता बस्नेतको भनाई छ ।
युवा नेता बस्नेतले विद्यालयमै पुगेर खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए ।