२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

योजना कस्तो भैरहेको छ ?

राप्ती गाउँपालिका क्षेत्रको यस आर्थिक वर्ष अन्तरगतका विकास योजना समयमै सम्पन्न गर्ने उदेश्यका साथ योजनाको पछिल्लो अवस्थावारे निगरानी सुरु गरिएको छ ।

विकास योजना समयमै सम्पन्न गर्न सम्झौता पश्चात के कति काम हुँदैछ ? र निर्माण समितिले कस्तो काम गर्दैछ ? भन्ने वारेमा मंगलवार पनि योजनाहरुको अनुगमन गरिएको हो ।

राप्ती गाउँपालिका योजना अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा गरिएको योजनाको अनुगमनको क्रममा निर्माणाधिन योजनाहरुको अवस्था तथा गुणस्तर चेकजाच समेत गरिएको छ ।

प्रमुख रुपमा वडा प्राविधिकहरु समेत संलग्न अनुगमनमा वडा गत रुपमा कामहुने बेलामा निगरानीका बारेमा सोत सोधिखोजी गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं १, ३, ४, ५ का योजनाहरुको अनुगमन गरिएको हो । अनुगमनमा निर्माण समितिलाई निर्माणका क्रममा आईपरेका समस्याबारे गाउँपालिका लाई जानकारी दिन र समस्याको समाधानसहित योजना समयमै सम्पन्न गर्न समितिले अनुरोध गरिएको छ ।

अनुगमनको क्रममा अनुगमन समिति संयोजक जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष विष्णु बहादुर जिसी, गोवर्धन रावत, योजना शाखा प्रमुख विकास ज्ञवाली, प्राविधिक विमला भट्टराई, पदम बैदिक, शेर बहादुर हमाल, शरद पुरी, अनामिका चौधरी, पार्वति केसी लगायतको सहभागिता रहेको थियो ।