२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

बलात्कार प्रयासको आरोपमा दंगीशरणबाट एकजना पक्राउ

पश्चिम दाङमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–७ श्रीगाउँ निबासी ३० बर्षका हरि देवकोटा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

गएको ३ गते राति ७ बजे एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा देवकोटा पक्राउ परेका हुन । आरोपीलाई जबरजस्ती करणी उद्योगमा सोमबार मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ ।