२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

आगो ताप्ने क्रममा जलेर शान्तिनगरमा एक महिला गम्भीर घाइते

फाइल तस्वीर ।

शान्तिनगरमा आगो ताप्ने क्रममा जलेर एक वृद्ध महिला गम्भिर घाइते भएकी छन् । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–७ घुसुरा निबासी ७१ बर्ष बर्षकी मैमी भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घरमा आगो ताप्ने क्रममा बेलुकी साढे ६ बजे धोतिबाट आगो सल्किएर कम्बरदेखि तलतिरको अधिकांस भाग जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

जलेर घाइते भएकी वृद्ध महिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ ।