२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

आगलागीमा परी गम्भीर घाइते भएका वलीको उपचारको क्रममा मृत्यु

तुलसीपुरमा गत बिहिबार ग्याँस लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका दुई जना मध्ये एकको उपचारको क्रममा मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टामा बिहिबार ग्याँस लिक भएर आगलागी हुँदा दुई जना गम्भीर घाइते भएका थिए।

ब्रोइलर कुखुरा पालेको घरमा रहेको ग्याँस लिक भएर एक्कासी आगलागी हुँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टा निवासी ४४ बर्षीय वसन्त वली, उनकी श्रीमती गीता वली गम्भीर घाइते भएका थिए।

घाइतेमध्ये श्रीमान वसन्त वलीको मंगलबार राति करिब १० बजे काठमाडौंको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्ती रेशम खड्काले जानकारी दिएका छन् ।