२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

‘नमूना संसद’मा राष्ट्रिय सभाको बैठक गरी विरोध

प्रतिनिधि सभा विघटनको विरोधमा ‘नमूना संसद’मा राष्ट्रिय सभाको बैठक गरी विरोध जनाइएको छ।

बुधबार काठमाडौंमा नेपाल टिन लिडर्सको आयोजनामा प्रतिनिधि सभा विघटनको विरोधमा नमूना संसद बनाई राष्ट्रिय सभाको नमूना बैठक गरिएको हो। नमूना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए। संविधान कुल्चिएका कारण त्यसमा खबरदारी गर्ने कर्तव्यबोधका साथ राष्ट्रिय सभाको नमूना बैठक गरिएको नेपाल टिन लिडर्सको इनिसियटर विशाल केसीले बताए।

सडकमा गरिएको नमूना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने सहभागीहरूको भनाइ थियो।