चर्चित कार्यक्रम सिधा कुरा जनता संगका प्रस्तोता रबि लामिछानेले न्यूज २४ संगको सहयात्रा बाट बिश्राम लिएका छन ।
माघ ८ गते बिहिबारको श्रृखला अन्तिम हुने भन्दै आफ्ना दर्शकहरुलाई जानकारी दिएका छन । बिगत ४ बर्षदेखी सो टेलिभिजनमा प्रसारण हुदै आएको सिधा कुरा जनता संगको ६४३ औं अंक बाट न्युज २४ टेलिभिजन बाट बन्द हुनेछ ।
आजको कार्यक्रम प्रसारण पश्चात टेलिभिजनबाट बिदा लिने भन्दै सामाजिक संजालमा लेखेका छन । ‘आज प्रशारण हुने कार्यक्रमसँग न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौं। यो साथ,सहयोग र अवसारका लागि सम्पुर्ण न्युज २४ परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेलरनिता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु।’