२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दिल्लीले नेपालका लेग स्पिनर सन्दीपलाई फुकुवा गर्दै

आउँदो संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि दिल्ली क्यापिटल्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने भएको छ ।

गएको संस्करणमा एक खेलमा पनि मौका नपाएका सन्दीपलाई दिल्ली फुकुवा गर्ने निर्णय गरेको हो ।

क्रिकबजका अनुसार दिल्लीले सन्दीपसँगै एलेक्स केरी, कीमो पल, तुषार देशपाण्डे र मोहित शर्मालाई फुकुवा गर्ने निर्णय गरेको हो ।

आईपीएलको आउँदो संस्करणको अक्सन फेब्रुअरीको दोस्रो हप्तातिर हुन सक्ने बताइएको छ ।