२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई र शुभकामना दिएका छन्।

बुधबार बाइडेनले वासिङटन डिसीस्थित ह्वाइटहाउसमा आयोजित कार्यक्रममा अमेरिकाका ४६ औं राष्ट्रपतिका रुपमा शपथ लिएका हुन्।

प्रधानमन्त्री ओलीले केही बेरअघि ट्वीट गर्दै बाइडेनलाई बधाई र शुभकामना दिएका हुन्। उनले बाइडेनको सफल कार्यकालको शुभकामना दिँदै नेपाल र अमेरिकाको मित्रवत् सम्बन्धलाई प्रगाढ बनाउन बाइडेन प्रशासनसँग काम गर्न आफू इच्छुक रहेको बताएका छन्।