२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

केपि सरकारले गरेको संसद विघटन अलोकतान्त्रिक : नेता आचार्य

नेपाली काँग्रेसका नेता केशवराज आचार्य केपी सरकारले गरेको संसद विघटन अलोकतान्त्रिक भएको बताएका छन् ।

दंगिरशण गाउँपालिका वडा नं. ५ मा भएको विरोध प्रदर्शन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका नेता आचार्यले केपि सरकारले गरेको संसद विघटन अलोकतान्त्रिक , अशोभनिय तथा अधिनायकवाद भएको बताए ।

वडा नं. ५ का वडा सभापती दामोदर शर्माको सभापतित्व
भएको विरोध प्रदर्शन कार्यक्रममा नेपाली काँग्रेस दंगिशरणका सभापति सोभाकर न्यौपाने, बिष्णुमणि देवकोटा, कृष्णराज सर्मा लागायतले बालेका थिए ।

कार्यक्रमको सहजीकरण वडा सचिब भीष्म प्रसाद आचार्यले गरेका थिए ।