२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

दाङमा कांग्रेसको विरोध प्रदर्शन कार्यक्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले आज दाङलगायत देशभरका वडाबाट विरोध प्रदर्शन गरेको छ ।

दाङका १० वटा स्थानिय तहका सबै वडामा विरोध प्रदर्शन गरिएको बताइएको छ । विरोध प्रदर्शन कार्यक्रममा बोल्ने नेपाली काँग्रेसका नेताहरुले ओली सरकारले संसद विघटन गरेर नेपाली जनताको मर्म विपरित काम गरेको बताएका छन् । ५ बर्ष सम्म कम्युनिष्टलाई बहुमत दिएर सत्तामा पठाएपनि कुर्सी तानातानमा लागेर जनतालाई निराशामा पारेको आरोप लगाए ।

अव जनताले बेलैमा सोच्नुपर्ने दिन आएको उनिहरुले बताएका छन् । दाङका विभिन्न वडाहरुमा हजारौँ संख्यामा नेता, कार्यकता र शुभेच्छुक साथमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।