२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

राप्ती लाइफ केयरमा दूरविनविधीबाट पित्तथैलीको सफल अपरेशन

दाङको तुलसीपुर स्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिले दूरविनविधीबाट सफल अपरेशन भएको छ । हस्पिटलका निर्देशक जीवन भण्डारीका अनुसार बुधबार दूरविन विधीबाट पित्तथैलीको सफल अपरेशन गरिएको हो । तुलसीपुरमै पहिलो पटक दूरविन विधिबाट अपरेशन सेवा प्रदान गर्न थालिएको हो ।

तुलसीपुर, ६ निवासी १५ बर्षीया किशोरीको डा. शुसिल खानिया, डा.रुपेश महतो, खीमा डाँगी, विमला बुढा मगर, इश्वरा केसीसहितको टोलीले सफल अपरेशन गरेको हो ।

ति किशोरीको परिवारले यस क्षेत्रमै अपरेशन सेवा पाउँदा खुसी भएको प्रतिक्रिया दिएका थिए । धेरै खर्चिलो पनि नहुँने र आफ्नै ठाउँमा अपरेशन हुने भएपछि सहज भएको उनको भनाई थियो ।

अब तुलसीपुरमै पित्तथैली, एपेन्डिसाईड, पत्थरी, डाईग्नोष्टिक ल्याप्रोसकपी सेवाकालागि जिल्ला बाहिर जानुपर्ने अबस्थाको अन्त्य भएको छ । सिटि स्क्यान, भिडियो एक्सरे नदेखाएका समस्याहरु समेत यसले सहजै देखाएर उपचार गर्ने निर्देशक भण्डारीले बताए । यो सेवाबाट उपचारकालागि पेट चिर्नुपर्ने, घाउ पाक्ने, लामो समय भर्ना हुनु पर्ने अबस्थाको पनि अन्त्य भएको भण्डारीले बताए । ‘हामीले यसबाट उपचार गर्दा पेट चिर्नुपर्ने अबस्था पनि रहदैन, कलम जतिकै सानो मेसिन शरिर भित्र पठाउने समस्या देखिएको स्थानमा त्यसैले उपचार गरि निकाल्न सकिन्छ’, उनले भने – ‘यसबाट उपचार गर्न दुई दिन भन्दा बढि लाग्दैन्, र ठूलो घाउ हुने अबस्था पनि आउँदैन ।’

अस्पतालले कल्चरसहितको आधुनिक प्रयोगशाला समेत सञ्चालनमा ल्याएको छ । अहिले अस्पतालले सहुलियत सेवा कार्ड पनि वितरण गरेको छ । उक्त कार्ड लिएपछि सोही ब्यक्तिलाई १५ प्रतिशत छुट हुनेछ, भने परिवारका सदस्यलाई १० प्रतिशत छुट हुने निर्देशक भण्डारीले बताए । ५५ बेडको उक्त अस्पतालले विरामीको माग अनुसार सेवा सुविधा थप गर्दै आएको छ । साथै अस्पतालमा जनतालाई बाहिर नजान पनि आग्रह गरेका छौं । यति ठूलो अपरेशन , खर्चिलो बढि भएको छ । साथै अस्पतालले बुधबारदेखि बालरोग बिशेषज्ञ सेवा समेत सुरु गरेको छ । बालरोग बिशेषज्ञ डा. श्रीधर खनालले उक्त सेवा प्रदान गर्ने छन् ।