२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

५ हजार ३० नमुना परीक्षण गर्दा ३३६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६२ हजार ८६८ जना संक्रमणमुक्त भएका छन् भने १९७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।