२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

कोरोना खोप बनाउने भारतको सिरम इन्स्टिच्युटमा आगलागी

कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनामा रहेको प्लान्टमा आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुना प्लान्टको टर्मिनल १ नम्बर गेटमा आगलागी भएको हो । इन्स्टिच्युटमा लागेको आगो निभाउन अहिले १० वटा दमकल त्यहाँ पुुगेको बीबीसीले जनाएको छ ।

इन्स्टिच्युटका सम्बन्धित अधिकारीहरूले भवनको चौथो र पाँचौँ तलमा आगो लागेको बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ ।

सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा समर्थित कोभ्याक्स स्किमको हिस्सा हो । यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो ।