२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भुमिहिन सुकुमबासीलाई ३५ दिन भित्र आवेदन दिन आह्वान

भुमि समस्या समाधान आयोगले दलित, भुमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई ३५ दिन भित्र आवेदन दिन आह्वान गरेको छ । आयोगले एक सार्वजनिक सुचना जारी गदै देशभर छनोट भएका सम्बन्धित पालिकामा आवेदन दिन आह्वान गरेको हो ।

दाङका छ वटा स्थानिय तहमा भुमिहिन दलित, भुमिहिन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई आफुले आबाद कमोत गरेको जग्गा प्राप्तका लागी लगत संकलनकर्ता तथा सम्वन्धित पालिकाको वडामा पुगेर तोकिएको समय भित्र फाराम भर्न आह्वान गरेको छ ।

जिल्लाका तुलसीपुर उपमहानगरपालिका , घोराही उपमहानगरपालिका, लमही नगरपालिका,गढवा गाउँपालिका , पश्चिम दाङको शान्तीनगर गाउँपालिका र दंगीशरण गाउँपालिकामा ३५ दिन भित्र आवेदन दर्ता गरी फाराम भर्न आह्वान गरिएको छ ।