तनहुँका एक युवकले आमाको हत्या गरेका छन्। व्यास नगरपालिका–११ दरैपँधेराका ३८ वर्षीय प्रेम दरैले आमाको हत्या गरेको प्रहरीले जनाएको छ।
प्रेमले ७१ वर्षीया आमा लक्ष्मीको बिहीबार राति १० बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। प्रेमलाई बिहीबार राति नै घटनास्थलमा पुगेर नियन्त्रणमा लिएको तिमिल्सिनाले बताए।
मृतकको शव शुक्रबार दमौली अस्पतालमा पोष्टमार्टमका ल्याइएको छ। प्रेमले मादक पदार्थ सेवन गरेर नियमित रुपमा घरमा झगडा गर्ने गरेको र बिहीबार राति फलामको डण्डाले आमाको टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको तिमिल्सिनाले बताए। डण्डाले प्रहार गर्दा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको हो।