थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ४८० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ३४८ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ।