२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

नारायणपुरमा सार्वजनिक शौचालय निर्माण सुरु

घोराही उपमहानगरपालिका १० मा सार्वजनिक शौचालय निर्माण सुरु गरिएको छ ।

नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहलमा शौचालय निर्माण सुरु गरिएको हो । अपांगमैत्री सार्वजनिक शौचालयको शुक्रवार शिलन्यास गरिएको छ । ग्रामीण खानेपानी विकास कोष ९फन्बोर्ड० को सहयोगमा शौचालय निर्माण सुरु गरिएको छ ।

नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे ९श्रवण०को अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी ९निर्मल० को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नारायणपुर क्षेत्रमा खानेपानी र सरसफाईको क्षेत्रमा उल्लेखनिय कार्य गरेको भन्दै प्रशंसा व्यक्त गरेका थिए । साथै उनीहरुले नारायणपुर बजार क्षेत्रमा शौचालय निर्माण भएपछि बजार क्षेत्रमा आउने उपभोक्ताहरुलाई सहज हुने बताएका थिए ।

कार्यक्रममा नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार दाहाल, नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सल्लाहकार विष्णुप्रसाद दाहाल, सिद्ध रत्न नाथ मावि नारायणपुरका प्राचार्य उत्तमकुमार खनाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सन्तोष केसीले गर्नुभएको थियो ।