२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

आगलागीबाट घाईते वलीको उपचारमा सहयोग गरिदिन अपिल

ग्याँस लिक भएर आगलागी हुँदा गम्भिर घाईते भएकी गीता वलीको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

गत माघ १ गतेका दिन दाङ तुलसीपुर  उपमहानगरपालिका वडा नम्बर १७ बनकट्टामा ब्रोइलर कुखुरा पालेको घरमा रहेको ग्याँस लिक भएर एक्कासी आगलागी  हुँदा गम्भीर घाइते भएका दुई जना मध्ये श्रीमान ४४ बर्षिय बसन्त वलीको उपचारको क्रममा निधन भईसकेको छ । उनकी श्रीमती गीता वलीको काठमाण्डौमा उपचार भईरहेको छ ।

हाल सम्म उपचारका लागि धेरै रकम खर्च भईसकेको र थप उपचारका लागि रकमको अभाव भएको हुदा आर्थिक सहयोग गरिदिन वलीको परिवारले सबैमा अपिल गरेको छ । मृतक बसन्त वलीका बुवा लाल वहादुर वलीले छोराको मृत्यु भइसकेको र आफ्नी बुहारी गीता वलीलाई आर्थिक सहयोग गरि बचाई दिन आग्रह गरेका छन् । घरमा भएको र ऋण गरेको सबै रकम सकिएकाले बुहारी गीताको थप उपचारका लागि अझै धेरै रकम आवश्यक पर्ने भएको हुदा आर्थिक सहयोग गरिदिन वलीले सबैमा आग्रह गरेका छन् ।

सहयोग चाहनुहुनेले राष्ट्रिय बाणिज्य बैङकमा रहेको खाता नं. ४१६०१०००१९५७७०१० र ११००१००००५५२८१०४ रकम जम्मा गरि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

सहयोग गर्न चाहनुहुने 9843329976 र 9851217368 मा सम्पर्क गर्न आग्रह गरिएको छ । यसै गरी छहरा अनलाईनमा सम्पर्क गर्न पनि सक्नुहुनेछ ।