२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

दाङ उवासंघमा उप समिती गठन

दाङ जिल्ला उद्योग वाणिज्य संघले विभिन्न उप समिती गठन गरेको छ ।

संघको शनिवार बसेको बैठकले उप समिती गठन गरेको हो । मेलमिलाप तथा व्यवसायीक विवाद समाधान उप समितीको संयोजकमा संघका अध्यक्ष टंकसिह वुढाथोकी, संघ संस्था समन्वय उप समितीको संयोजकमा बरिष्ठ उपाध्यक्ष नरेश कार्की , उद्योग प्रवद्र्धन उप समितीको संयोजकमा उद्योग उपाध्यक्ष अनिल आचार्य व्यवसायीक सुरुवात तथा व्यापार प्रवद्र्धन एवम शाखा परिचालन उप समितीको संयोजकमा वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल कोष बृद्धि तथा आर्थिक विकास उप समितीको संयोजकमा सह कोषाध्यक्ष राजभक्त राना रहेका छन् ।

त्यसैगरेर पर्यटन विकास उप समितीको संयोजकमा सचिव नरेशकुमार श्रेष्ठ, कर तथा राजस्व परामर्श उप समितीको संयोजकमा उद्योग सदस्य भरतप्रसाद रेग्मी, महिला उद्यमी विकास उप समितीको संयोजकमा महिला सदस्य देवकला वस्नेत, कृषि विकास तथा उत्पादन उप समितीको संयोजकमा सदस्य एकनारायण पौडेल, घरेलु तथा साना उद्योग समन्वय उप समितीको संयोजकमा सदस्य विकास वली, वस्तुगत समिती परिचालन उप समितीको संयोजकमा वस्तुगत सदस्य माधवप्रसाद खनाल रहेका छन् ।

यसैगरि एसोसियट परिचालन उप समितीको संयोजकमा एसोसियट सदस्य ज्ञानवहादुर फौदार क्षेत्रि, सरसफाइ परिचालन उप समितीको संयोजकमा विनोदप्रसाद पाण्डे, धार्मिक सरोकार उप समितीको संयोजकमा जुद्धवहादुर घर्ति (जगत), सहकारी बैक वितीय तथा बिमा उप समितीको संयोजकमा लिलाराम खड्का रहेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।