२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

मलेसियामा ज्यान गुमाएका १८ जना नेपालीको शव ल्याइयो

रोजगारका क्रममा विभिन्न समयमा मलेसियामा ज्यान गुमाएका १८ जना नेपालीको शव आज बिहान काठमाडौं ल्याइएको छ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले मलेसियाबाट बिहान करिब पौने नौ बजे शव ल्याइपुर्‍याएको नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए।

यसरी ल्याइएका शव विमानस्थलबाटै सम्बन्धित परिवारको जिम्मा लगाइएको छ। शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे मलेशियाको क्वालालम्पुर उडेको थियो। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपालीको विभिन्न कारणले मृत्यु भएर उनीहरूको शव त्यहीँ अलपत्र थियो।

मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।