२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

विरामी गुरुङलाई नेपाली काँग्रेसको ३५ हजार सहयोग

नेपाली कांग्रेसका नेता तथा कार्यकताले शान्तिनगर गाउँपालिका वडा नं. २ निवासी क्षय रोग बाट ग्रसित जित बहादुर गुरुङलाई ३५ हजार सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर र रोगीका कारण समस्या परेको भन्दै शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिं डाँगी, उपाध्यक्ष मिथिला शाह, वडा नं. २ वडा अध्यक्ष फर्साराम डाँगी लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले उठाएर सो रकम एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् ।

शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिं डाँगीले सो सहयोग रकम हस्तान्तरण गदै आर्थिक स्थिति कमजोर भएकालाई नेपाली काँग्रेसले सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग गर्ने बताए । गाउँपालिकाले पनि आर्थिक स्थिति कमजोर भएकाहरुका लागि विभिन्न किसिमको सहयोग गर्दैै आएको बताए ।