२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

तुलसीपुरमा पहिलो पटक गाँजा उत्पादन तथा प्रशोधन तालिम

दाङको तुलसीपुरमा पहिलो पटक गाँजा उत्पादन तथा प्रशोधन तालिम भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित भूँयार थानमा शुक्रबार र शनिबार दूई दिने तालिम सञ्चालन गरिएको हो।

तालिममा तुलसीपुरकी एक महिलासहित दाङ, सल्यान, रोल्पा, दैलेख, सुर्खेत, स्याङजा, रुकुम पश्चिम, गुल्मी, रुपन्देही जिल्लाका १८ वर्षदेखि ७० वर्षसम्मका ५० जना किसानको सहभागिता रहेको लुम्बिनी प्रदेशका गाँजा अभियानका संयोजक रविन्श डाँगीले जानकारी दिए।

तालिमको प्रशिक्षक तथा नेपाल गाँजा वैधानिक महाअभियानका अभियान्ता राजिव काफ्लेले गाँजामाथिको प्रतिबन्ध नेपालमा पनि खुला हुने लगभग निश्चित जस्तै भइसकेको हुँदा गाँजा खेतिको लागि किसान तयार छन् कि छैनन् ? भनेर बुझ्न र गाँजा बारेको ज्ञान बाँड्न प्रशिक्षण आयोजना गरिएको बताए।

-सेतोपाटीबाट