२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

लमहीमा बाघको आक्रमणबाट महिला गम्भीर घाइते

प्रतिकात्मक तस्वीर ।

बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका ८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते हुनु भएको छ ।

शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको समयमा उहाँलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउको गम्भिर चोट लागेको छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियो।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ ।