सामुहिक बलात्कार गरेको आरोपमा रूपन्देहीमा कार्यरत ट्राफिक प्रहरी जवान पक्राउ परेका छन्।
रूपन्देहीको लुम्बिनीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मालाई सामूहिक बलात्कारको आरोपमा पक्राउ गरिएको रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले सेतोपाटीसँग पुष्टि गरे।
शर्मासँगै उक्त घटनामा संलग्न गुरूचरण चौधरी पनि पक्राउ परेका छन् भने थप दुई जना फरार रहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।
पक्राउ परेका दुवै जना कपिलवस्तुको वाणगंगाका हुन् भने फरार दुई भारतीय नागरिक भएको प्रहरीले जानकारी दिएको छ।