२०७७ फाल्गुन १७ गते सोमवार
२०७७ फाल्गुन १७ गते सोमवार

बाबु बने गायक दुर्गेश थापा

गायक दुर्गेश थापा बाबु बनेका छन्। उनकी पत्नी प्राची लामाले शनिबार काठमाडौंमा नयाँ सन्तानलाई जन्म दिएकी हुन्। आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ।

दुर्गेश र प्राचीले बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका थिए ।

दुर्गेशले प्राचीको जन्मदिनमा शुभकामना व्यक्त गर्दै उनीहरूको सम्बन्धबारे केही खुलाएका थिए।