२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रधानमन्त्री पुल उद्घाटन गर्न आउने कार्यक्रममा ५० हजार मानिस उतार्ने तयारी

६ महिनाअघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) दाङ आउने भएका छन्।

चार वर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउन लागेका हुन्।

दाङको राप्ती र गढवा गाउँपालिकालाई जोड्ने राप्ती नदीको पुल तत्कालिन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री हुँदा २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए।

प्रहरी अधिकारीका अनुसार प्रधानमन्त्री ओली सोमबार हेलिकोप्टर चढेर राप्तीमा निर्मित पुल उद्घाटन गर्न आउँदैछन्।प्रधानमन्त्री पुल उद्घाटन गर्न दाङ आउने निश्चित भएसँगै पछिल्लो एक सातादेखि यसको तयारी थालिएको थियो।

दाङ देउखुरीस्थित राप्ती नदीको पुल एक वर्ष पहिले नै निर्माण पुरा भएको थियो । राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पक्की पुलको लम्बाई ८६० मिटर छ। चौडाइ साढे १० मिटर छ । करिब एक अर्बको लागतमा पुल निर्माण गरिएको हो ।

प्रधानमन्त्री पुल उद्घाटन गर्न आउने कार्यक्रममा करिब ५० हजार मानिस उतार्ने गरि तयारी गरिएको प्रधानमन्त्री ओली समूहका एक नेताले बताए ।

-सेतोपाटीबाट