२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दाहाल–नेपाल समूहले गर्यो ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय पेरिस डाँडाँमा बसेको दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको दाहाल–नेपाल समूहका आमन्त्रित स्थायी कमिटी सदस्य पेशल खतिवडाले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेपछि दाहाल–नेपाल समूहले यसअघि ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।