२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु

महोत्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोमबार बिहान ना८ख ९८० नम्बरको टिपरले ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

टिपरको ठक्करले मोटरसाइकलमा सवार बलुवा नगरपालिका(९ का १८ वर्षीय प्रमोद राम चमार र पछाडि बसेका औरही नगरपालिका ४ का १५ वर्षीय गुड्डु नदाफको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान ९ बजे सम्सीबाट गौशालातर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो। औरही नगरपालिका ४ स्थित सडकमा टिपरले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। यो पूर्व(पश्चिम राजमार्गसँग जोडिएको भित्री सडक हो।

घटनास्थलबाट शव उठ्न सकेको छैन। स्थानीयले सडक अवरुद्ध पारेर आन्दोलन थालेपछि शव र टिपर सडकमै रहेको विष्टले बताए। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।