दाङको देउखुरी स्थित राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको सोमबार उद्घाटन गरिएको छ । राप्ती नदीमा एक बर्ष पहिले निर्माण पूरा भएको उक्त पुलको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
जुन पुलको चार बर्ष अघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिलन्यास गरेका थिए । २०७३ मंसिर २२ गते शिलान्यास गरिएको उक्त पुल नेपालकै दोस्रो लामो पुल हो ।
राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल करिब एक अर्ब लागतमा निर्माण भएको हो । लम्बाई ८६० मिटर छ, भने चौडाइ साढे १० मिटर रहेको उक्त पुल निर्माणको काम चार बर्ष भित्र सक्ने सम्झौता अनुसार काम पूरा भएको हो ।