फाइल तस्वीर ।
हत्यापछि सुटुक्क अन्त्येष्टि गर्न लागिएको आशंकामा प्रहरीले पशुपति मन्दिर परिसरको राम मन्दिर नजिकबाट सोमबार एकजना महिलाको शव बरामद गरेको छ ।
महानगरीय प्रहरी वृत्त, गौशालाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार घटना शंकास्पद देखिएपछि अनुसन्धानका लागि बाराको श्रीपुर घर भएकी ३५ वर्षीया बबिता चौधरीको शव बरामद गरिएको हो । बरामद शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको बस्नेतले बताए ।
अनुसन्धानका लागि प्रहरीले चौधरीका श्रीमान ३८ वर्षीय रवि र चल्ली भनेर चिनिने अनु थापालाई पक्राउ गरेको छ ।