२०७७ फाल्गुन १७ गते सोमवार
२०७७ फाल्गुन १७ गते सोमवार

थप ३३९ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना पुष्टि भएको हो।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ७८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४०१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ५३८ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार ११ पुगेको छ।