२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कोरोना खोप : पहिलो चरणमा फ्रन्टलाइनका ४ लाख ३० हजारलाई

भारत सरकारले अनुदान दिएको कोरोना भाइरसविरुद्धको खोप माघ १४ गतेदेखि तयारीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जुटेको छ।

पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका ४ लाख ३० हजारलाई खोप दिइने छ। पहिलो चरणमा फन्टलाइनरमा खटेका चार वटा ग्रुपलाई खोप दिने मन्त्रालयका डा. जागेश्वर गौतमले बताए।

उनले भने, ‘पहिलो प्राथामिक्ता फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्नेलाई खोप दिने दिइने छ। त्यसपछि भने क्रमशः प्राथमिकताको आधारमा खोप दिइने छ।।’

पहिलो दिन ७ वटै प्रदेशमा ६२ वटा अस्पताल र १ सय २० बढी खोप केन्द्रबाट खोप अभियानको सुरुवात गर्ने सरकारको तयारी छ।