२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

टेक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाईते

रुकुम पूर्वमा टेक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने चालक घाईते भएका छन ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ रुमालबारामा दुर्घटना हुँदा टेक्टर सहचालक २१ वर्षीय इन्द्रबहादुर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।

पाथिहाल्नबाट डोजरको बकेट बोकेर रुकुमकोटतर्फ जादै गएको लु ४ प ४१८५ नम्बरको टेक्टर सोमवार राती अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भिर घाइते भएका बुढाथोकीको उपचारका क्रममा अस्पतालमा निधन भएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

सोहि दुर्घटनामा परि चालक २१ वर्षीय जीवन बुढाथोकी घाईते भएका छन् । उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ ।