२०८१ माघ ७ गते सोमवार
२०८१ माघ ७ गते सोमवार

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

फाइल तस्वीर ।

चितवनको रत्ननगर नगरपालिका–१० मा स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

सनराइज विद्यालयको बा २ ख ५६७४ नम्बरको बसले बा ९२ प ५३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोलुखुम्बुका २४ वर्षका अनिल मगर र मोटरसाइकलको पछाडि बस्ने सुनसरी घर भएका गौरव राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचारका क्रममा बिहान सवा ९ बजे ज्यान गएको हो ।