नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७० हजार नाघेको छ ।
गएको २४ घण्टामा चार हजार पाँच सय ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
कुल सङ्क्रमितमध्ये दुई लाख ६४ हजार आठ सय २३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा दुई सय ८५ जना निको भएका हुन् । यस्तै थप ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार १७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा तीन हजार दुई सय ५२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।