२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

द्वन्द पीडित तथा विपन्न परिवारलाई कम्मल वितरण

थारु कल्याणकारिणी सभा दाङ देउखुरीले दंगीशरणका द्धन्द पीडित तथा विपन्न घर परिवारलाई कम्मल वितरण गरेको छ ।

मंगलवार एक कार्यक्रमको आयोजना गरी दंगीशरण गाउँपालिकाको कार्यालय हेकुलीमा कम्मल वितरण गरेको जनाएको छ । दंगीशरण गाउँपालिकाका १३ जना द्धन्द्ध पीडितहरुलाई गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी र थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले सो कम्मल वितरण गर्नुभएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले राहत स्वरुपमा द्धन्दपिडितहरुको समस्यालाई मध्यनजर गर्दै कम्मल वितरण गरेको भन्दै सहयोगि सस्ंथाहरुलाई धन्यवाद दिनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकामा रहेका विपन्न वर्ग तथा द्धन्द पिडितहरु अव पनि खुम्चेर बस्नुपर्ने अवस्था नरहेको बताउँनु भयो । “समस्याहरु लिएर आउँनुस् स्थानीय सरकार छ परेको खण्डमा सहयोग गर्न तयार छ ।”अध्यक्ष चौधरीले भने ।

त्यस अवसरमा थारु कल्याणकारीणि सभा दाङका अध्यक्ष भुवन चौधरीले दंगीशरणमा रहेका द्धन्द पिडितहरुका लागि सानो भएपनि सहयोग गर्नका लागि मधेसी एशोसीयसन अमेरीका बाट महाविर चौधरीको सहयोगमा कम्मल वितरण गरेको बताउनुभयो । अमेरीकामा रहेका महाविर चौधरीले द्धन्द्धपिडितहरु र विपन्न घरपरिवारलाई जाडो मौसममा राहत स्वरुप कम्मल वितरण गर्नुपर्छ भनेपछि थारु कल्याणकारीणीले समन्वय गरेर यस खालको कार्यक्रम दंगीशरणमा ल्याएको बताउँनुभयो ।

सो अवसरमा द्धन्दपिडित देव वहादुर सार्किले सरकारले द्धन्दपिडितहरुको समस्या राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । “हामी उस्ताउस्तै छौँ कुनै तरिकाबाट हाम्रो गुनासो सुनुवाई भएन ।” सार्किले गुनासो गर्नुभयो । मधेसी एशोसीयसन अमेरीकाको सहयोग तथा थारु कल्याणकारिणी सभा क्षेत्रीय समितिको समन्वय र थारु कालयाणकारिणी सभा दाङ देउखुरीको आयोजना भएको कार्यक्रमको शहजीकरण थारु कल्याणकारिणी सभा क्षेत्र न। ३ का सभापती महेश चौधरीले गरेका थिए । कार्यधmममा १६ जना द्धन्दपिडित तथा विपन्न घरपरिवारलाई कम्मल वितरण गरिएको हो ।