पश्चिम दाङ बबईको हापुरमा अशक्त तथा असहायलाई न्यानो कपडा वितरण एवम विद्यार्थीलालाई स्टेशनरी सामाग्री वितरण गरिएको छ ।
सहयोगी दाता सिद्धिविनायक धाम बाँकेका प्रमुख गंगाधर कडेल तथा हापुरेका समाजसेवी सिबलाल ख़त्रीको पहलमा सो सामाग्री वितरण गरिएको हो । पतञ्जली योग समितिका बबईका अम्मर भुषालको सम्वन्वयमा सेवानै धर्म हो भन्ने उद्येश्यले योग दिवस को साप्ताहिक कार्यक्रम अन्तरगत अशक्त तथा असहाय लाई न्यानो कपडा वितरण एवम विद्यार्थीलालाई स्टेशनरी सामाग्री वितरण गरिएको हो ।
बबईका जेस्ठ नागरिक नन्दलाल बस्याल एवम् सिद्धिविनायक धाम बाँकेका प्रमुख गगाधर कडेल प्रमुख आतिथ्य तथा बबईका समाजसेवी शिवलाल ख़त्रीको विशिष्ट आतिथ्यमा कार्यक्र सम्पन्न भएको हो ।
पतञ्जली शान्तिनगरकाका अध्यक्ष ड़िल्ली खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमा मावि पदमपुरका प्रधानाध्यापक सन्तोष विसी, बबईका युवा नेता समाजसेवी झुपु क्षेत्रीले बोल्नु भएको थियो ।
सहयोग गर्ने दाताहरुलाई सहयोगका लागि धन्यबाद र आगमी दिन पनि सामाजिक कार्य लाग्न आग्रह गरिएको थियो ।