२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

खुँडा प्रहार गरी युवकको हत्या

सांकेतिक तस्वीर ।

बझाङमा खुँडा प्रहार गरी एक युवकको मंगलबार हत्या गरिएको छ ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए ।

खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने खुँडा बरामद गरिएको प्रहारीले जनाएको छ ।