२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

तरूण दलका सिंहको हत्यामा संलग्नलाई कारवाही गर : कांग्रेस

मृतक – अमृत सिंह ।

नेपाल तरूण दलका बझाङस्थित कार्यकर्ता अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गर्ने नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्तालाई कारवाही गर्न नेपाली कांग्रेसले माग गरेको छ।

बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का तरुण दलका स्थानीय नेता २७ वर्षीय सिंहलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कुटपिट गरी धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।

छविसपाथिभेरा ३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापनको समितिको निर्वाचन सकेर घर फर्कंने क्रममा मंगलबार साँझ उहाँलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको कांग्रेसको भनाइ छ।