२०७७ फाल्गुन २५ गते मङ्गलवार
२०७७ फाल्गुन २५ गते मङ्गलवार

तुलसीपुरमा आधुनिक टावर निर्माणको काम अगाडि बढ्यो

स्थानीय तहको सरकार बनेपछि बिस्तारै पहिचान बलियो बनाउँदै गएको तुलसीपुरले फेरि अर्को पहिचान बनाउने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेले निर्वाचित भएदेखि नै उठाएको तुलसीपुरको पहिचान दिने आधुनिक टावर निर्माणको काम अगाडि बढ्ने भएको छ ।

तुलसीपुरमा बहुउद्देश्यीय व्यापारीक कम्प्लेक्स वनाउने गरी नगर विकास कोषसँग सम्र्झौता भएको हो । नगरप्रमुख घनश्याम पाण्डे र नगर विकास कोषको बीचमा यो सम्झौता भएको हो ।

सम्झौता अनुसार २८ करोड लागतमा निर्माण हुने भवनका लागि नगर विकास कोषले ७० प्रतिशत ऋण दिने भएको छ भने बाँकी ३० प्रतिशत उपमहानगरपालिको व्यहोर्नु पर्नेछ ।

तुलसीपुरलाई आधुनिक शहरको पहिचान दिनका लागि कम्प्लेक्सले महत्वपूर्ण भुमिका वहन गर्ने नगरप्रमुख पाण्डेले वताए । उपमहानगरपालिकादेखि उत्तरतिर पुरानो तरकारी बजारको खाली ठाउँलाई कम्प्लेक्सका लागि छनोट गरिएको छ ।