२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बबई रिमखोलीबाट जग्गा नापी कार्य सुरु

बबई गाउँपालिकाको रिमखोलीबाट जग्गा नापीको काम सुरु भएको छ । गाउँपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरि जग्गा नापीको काम सुरु गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष भुबनेश्वर पौडेलले अबको तीन महिनामा नक्साङ्कन कार्य सकिने बताउनुभयो । ४ वटा टोलि निर्माण गरि कामलाई छिटो छरितो रुपमा गरिने बताउनुभयो ।

अध्यक्ष पौडेलले नक्साङ्कन कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । साथै अध्यक्ष पौडेलले श्रीमान र श्रीमतिको सयुक्त लालपुर्जा बन्ने उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्माले महिलालाई मालिक बन्ने अबसर प्राप्त भएको बताउनुभयो । महिला मालिक बनेपछी सबै प्रकारका हिंसाबाट मुक्त हुने उहाले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष नन्दलाल वली, भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिका सदस्य जितबहादुर वली, पिमलाल खत्री, आइताराम बिक, राप्ती पोस्ट दैनिकका प्रकाशक सम्पादक शरद अधिकारीले बोल्नुभएको थियो ।

वडा नम्बर २ का वडा अध्यक्ष चिन्तामणी शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर शिरीष मगरले गर्नुभएको थियो ।