२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा १ जनाको मृत्यु

रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्तिमा ना ४ खा २२ ५७ नम्बरको ट्याङ्कर दुर्घटनामा चालक हरबजन सिंहको मृत्यू भएको हो ।

नेपालगंज घर भएका ४५ वर्षीय चालक चालक सिंहलाई उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । सहचालक भारतको रुपैडिया घर भएका १९ वर्षिय सुनिल शंकर सामान्य घाइते भएका छन् ।

रोल्पामा रहेको जलजला पेट्रोल पम्पको तेल बोकेर नेपालगञ्जमा आएको ट्याङ्कर दुर्घटनामा परेको हो । ट्याङ्कर दुर्घटना भएपछि २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको छ ।