प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
दिवसका अवसरमा लैनचौरस्थित सहिद उद्यान पार्क पुगेर प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली अपर्ण गरेका हुन्।
दिवसका अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको थियो। सेना र प्रहरीले सहिदका तस्बिर अंकित बग्गीसहित शान्तिवाटिकाबाट लैनचौरस्थित सहिद उद्यानसम्म मार्चपास गरेका थिए।